कुसुमकुमार कार्कीको निर्वाचन क्षेत्रमा युवा संघ नेपालले बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै ।युवा संघ नेपाल नेकपा एकीकृतका समाजवादी निकट बूढानीलकण्ठ नगरकमिटीले यहि आउँदा शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । कपन हयान्ड्बल चौरमा आयोजना हुने कार्यक्रमको समय बिहान ८ बजेदेखि ११ बजे सम्म हुने जानकारी दिएको हो ।
चाडवाड नजिकै सङ्गै देशका विभिन्न ठाउँमा रगतको अभाव सिर्जना हुन सक्ने भन्दै आयोजना गर्न लागिएको भनी युवा संघ नेपाल बूढानीलकण्ठ नगरकमिटीले जानकारी प्रदान गरेको छ।
युवा संघ नेपाल बूढानीलकण्ठ नगरकमिटिले कोभिड लगायत अन्य बिपत्तिमा समेत सृजनात्मक कामहरु निरन्तर गर्दै आएको छ भने थप यस्ता सामाजिक कार्यक्रममा कृयाशिल भैरहने बताएका छन।
कार्यक्रमलाई थप भब्य बनाउनका लागि आयोजना गर्न लागेको बृहत रक्तदान काठमाडौँ क्षेत्र न ४(ख) बागमती प्रदेश माननीय कुसुम कुमार कार्कीको प्रमुख अतिथ्यमा हुने कार्यक्रम तपसिल समय र स्थानमा हुने छ।
स्थान= ह्याण्ड्बल चौर
समय= ८ बजे देखि ११ बजे सम्म







