असोज १३ काठमाडौ/बागमती अन्लाईन खबर

आज नेपाल ओलम्पिक कमिटीको भवनमा नेपाल कुस्ति संघका दुई खेलाडी एक प्रशिक्षक र खेल व्यवस्थापकलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवन राम श्रेष्ठज्यु बाट विदाई कार्यक्रम सम्पन्न भएको छ।

अक्टोवर २ देखि १० सम्म हुनलागेको नर्वेको ओस्लोमा (Senior World Wrestling Championship) २०२१ मा भाग लिन नेपाल कुस्ती सघंको महासचिव साहिल अन्सारीको नेतृत्व नेपाल कुस्ती सघंका दुइ जना खेलाडि ( सुमिर कुमार साह र सुरेश चुनारा ) र प्रशिक्षक धरमराज यादव सहभागिता जनाउने, सुमिर कुमार साहले ९७ र सुरेश चुनाराले ७४ केजी तौलमा भाग लिन्छन्।        

यस कार्यक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष तथा नेपाल कुस्ति संघका उपाध्यक्ष माननीय समिम मियाँ अन्सारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकरी निर्देशक पचतुरानन्द राजवैद्य, उपाध्यक्ष अशोक बज्राचार्य, महासचिव निलेन्द्र राज श्रेष्ठ, सचिव रामजी बहादुर श्रेष्ठ तथा सदस्यहरु राम अवाले र रमेश प्रसाद शिवाकोटीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय