नेपालले वार्षिक ५० अर्ब रुपैयाँको चामल र मकै निर्यात आयात गरेको छ नेपाल कृषिप्रधान मुलुक भए तापनि वार्षिक रुपमा ५० अर्ब रुपैयाँबराबरको चामल र मकै आयात भएको भन्सार विभागको तथ्यांकअनुसार उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपैयाँको चामल र मकै आयात भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७७-७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपैयाँको आयात भएको तथ्यांक छ ।

कुखुराको दानाको लागि ठूलो मात्रामा मकै खपत हुने गर्दछ।माग अनुसार खाद्यान्न उत्पादनको परिणाममा वृद्धि नहुदा आयातमा उल्लेख वृद्धि भएको हो।खेतीयोग्य जमिन बाझो लगायत खेतीयोग्य जमिनमा घर बनाउन प्रयोग तथा जनशक्ति बिदेश पलायन लगायतका कारण आयातमा वृद्धि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय