नविना श्रेष्ठ
माघ ५,२०८०
‘सपना भुलाइ सारा…’ का गायक योगेश वैद्यको निधन भएको छ। वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो ।
योगेशले ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता लोकप्रिय गीत गाएको छ। नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय सिर्जना पनि उहाँले नै गरेको हो।
किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी…’ ०२२ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा परीक्षामा प्रथम भएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । योगेश ०६१ सालमा सहसचिव पदबाट अवकाश लिएको थियो। भने उहाँका दुई छोरी र एक छोरा छन् ।







