प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई लिएर गठबन्धन टुट्न नदिने प्रयासमा रहेको बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हामी सल्लाह गर्दैछौं । सकेसम्म इङ्गेज भइराख्ने, यो (गठबन्धन) नटुटोस् भन्ने कोसिस छ,’ उनले भने ।

रवि लामिछानेको नागरिकताको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले नै राख्नुपर्ने सुझाव आएको पनि प्रचण्डले उल्लेख गरे । अदालतको पूर्णपाठ कुरेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यो पनि कुर्नपर्ने आवश्यकता छ भन्ने सुझाव छ धेरैको । हामी सल्लाह गर्दैछौं ।’

नागरिकताको मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमाएका लामिछानेले उपप्रधान एवं गृहमन्त्री पद पनि गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले गृह मन्त्रालय पाउनुपर्ने अल्टिमेटम दिइरहँदा प्रचण्ड राहदानीको विवाद  समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय