साउन ,२ काठमाडौ / नेपाली कलाकार पल्पसा डंगोल अर्थात ” चम्सुरी”
टिचिङ्ग हस्पिटल मा उपचारको क्रममा रहेको छ।
स्रोतका अनुसार पल्पसा डगोललाई किड्नीमा समस्या देखा परेकोले अस्पताल भर्ना भएको हो भनी जानकारी प्राप्त हुन आएको छ।
पल्पसा डंगोल ले नेपाली कला क्षेत्रमा लामो समयदेखि आफ्नो अभिनय मार्फत योगदान गरिरहेका कलाकार पनि हुन।
उनले विभिन्न फिल्म तथा टेलिफिल्ममा अभिनय गरेको भएता पनि मुख्य गरि नेपाल टेलिभिजन बाट प्रशारण हुने “मेरी बास्सै ” नामक कार्यक्रम अत्याधिक प्रख्यात रहेको कार्यक्रम हो।







