बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को चुनिखेल क्षेत्रमा अवस्थित ऐतिहासिक धरोहरहरूको उद्घाटन कार्यक्रम यही भदौ १० गते आयोजना हुने भएको छ। “ऐतिहासिक संस्कृति सम्पदा हाम्रो पहिचान हो” भन्ने नारासहित आयोजित यस कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्।

उक्त अवसरमा ऐतिहासिक चुनिख्य चुनीदेवी मन्दिर, चुनिख्य फल्चा, र चुनिख्य द्वारको उद्घाटन हुनेछ। यी धरोहरहरूको पुनर्निर्माण कार्य स्थानीय उपभोक्ता समितिको पहलमा सम्पन्न भएको हो।

चुनीदेवी मन्दिर पुननिर्माण उपभोक्ता समितिले यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुनका लागि सम्पूर्ण नगरवासी र वडाबासीलाई निमन्त्रणा गरेको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३लाई नगरको इतिहास बोकेको ऐतिहासिक वडाका रूपमा चिनिन्छ।

कार्यक्रम बिहान १० बजे चुनिखेल प्राङ्गणमा सम्पन्न हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय