साउन २४, काठमाडौ / बागमती अन्लाईन खबर बुढानिलकण्ठ नगरपलिका वडा नम्बर १३ को कालोपत्र सडक भत्किएको छ। कालोपत्र गरेको केही महिना दिनमा नै यसरी सडक भत्किएको हो।

अहिले भत्किएको सडक चुनिखेलको मुख्य सडक पनि हो।कालोपत्र भएको ३ महिना नबित्दै मुख्य सडक नै यसरी भत्किएदा त्यहाँ स्थानियहरुले सामाजिक संजाल मार्फत यस्तो अवस्थाको मुख्य दोषी को हो र त्यसतालाइ तुरुन्त कारबाहीको माग पनि गरेको छन।

स्थानिय ब्यक्तिहरुको अनुसार यस्ता सडक चुनिखेलमा भत्किएको धेरै ठाँउमा रहेको जानकारी पनि दिएको छ।एक स्थानियका अनुसार सडक कालोपत्र गराउदा सामानहरुको प्रयोग गर्दा कमसल बस्तु प्रयोग गरेकोले सडकको यस्तो अवस्था बनेको दोष लगाएका छ्न भने साइड ड्रेन निर्माण नगरिएको लगायत ठुला मालबाहक गाडीहरुको आवतजावत धेरै भएकोले पनि यो सडक बिग्रेको भनी जानकारी दिएको हो।स्थानिय नेताहरु सडक निर्माण गर्दा फोटो खिची सामाजिक संजालमा हाल्न तछाडमछाड गरिरहदा अहिले यस्तो सडकको दुर्दशा बन्दा सबैजना मौन किन बसेका छन र नियामन निकाय,स्थानिय सरकार ,प्रदेश सरकार लाई प्रश्न समेत गरेको छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय