बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित ऐतिहासिक टुसाल क्षेत्रको भैरवनाथ मन्दिर निर्माणमा वडा अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश)ले रु १ लाख सहयोग गरेका छन्। मन्दिर निर्माणका लागि उनले समितिका अध्यक्ष राजु श्रेष्ठ र सचिव सानुकान्छा श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन्।

नेवार समुदायले भैरवनाथलाई ‘आज:ध’ को रूपमा पनि पूजाआजा गर्ने परम्परा रहेको छ। भैरवनाथलाई महादेवको उग्र रूपका रूपमा मानिन्छ, जसले धर्मको संरक्षण र असत्यमाथि विजय प्राप्त गर्ने शक्ति स्वरूप प्रतिष्ठित छन्। चुनिखेलमा निर्माणाधीन भैरबनाथ मन्दिर यस क्षेत्रको सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ।

समितिलाई समयमै निर्माण कार्य सम्पन्न गर्न शुभकामना दिंदै वडा अध्यक्ष श्रेष्ठले स्थानीय समुदायको सांस्कृतिक उत्थानका लागि आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए। उनले मन्दिर निर्माणको महत्वलाई विशेष जोड दिँदै यसले समुदायलाई सांस्कृतिक रूपमा थप बलियो बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

यस सहयोगलाई मन्दिर निर्माण समितिले प्रशंसा गर्दै वडा अध्यक्षलाई धन्यवाद व्यक्त गरेका छन्। साथै, उनले भगवान भैरवनाथ(आजु:ध)ले सम्पूर्ण परिवारजनलाई सधैं रक्षा गरुन् भन्ने कामना समेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय