१७ जेठ, जनकपुरधाम गर्मी बढेसङ्गै स्थानिय बिधालय पाँचदिनको लागि बन्द हुने भनी उपमहानगरले सुचना प्रकाशित गरेको छ । तराई क्षेत्रमा अत्यधिक गर्मी बढेपछि जनकपुरधामका विद्यालयहरु आजजदेखि पाँच दिनका लागि बन्द भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिएको हो ।
उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गर्दै वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने जनाएको छ ।







