चैत ४, काठमाडौ / नेकपा एकीकृत समाजमाजवादीले स्थानीय तहको निर्वाचनअन्तर्गत जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ।त्यस्तै बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
यी नेकपा एकीकृत समाजवादीको नेताहरुले निर्वाचन अभियानलाई केन्द्र बनाउदै जिम्मेवारी पाएको छ ।प्रदेश नम्बर १ प्रमेश हमाल, उपाध्यक्ष ,मधेश प्रदेश जगन्नाथ खतिवडा, उपमहासचिव वाग्मती प्रदेश गङ्गलाल तुलाधर, उपमहासचिव गण्डकी प्रदेश जयन्ती राई, उपाध्यक्ष ,लुम्विनी प्रदेश विजय पौडेल, उपमहासचिव,कर्णाली प्रदेश बेदुराम भुषाल, महासचिव,सुदूरपश्चिम प्रदेश रामचन्द्र झा, सचिवालय सदस्य रहेका छ्न ।







