जनमत पार्टीले देशको विषम अवस्थामा आन्दोलनका लागि तयार रहन आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले हालको परिस्थितिमा आन्दोलनको विकल्प नभएको ठहर गर्दै देशव्यापी रूपमा आन्दोलनका तयारी गर्न आह्वान गरेको हो।

बैठकले मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लास्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ। प्रत्येक जिल्लामा पार्टीका जिल्ला इन्चार्जको संयोजकत्वमा समिति गठन गरिने छ, जसले उपनिर्वाचनमा पार्टीको रणनीति र संगठनात्मक तयारीको नेतृत्व गर्नेछ।

पार्टीले आगामी दिनमा जनहितका मुद्दाहरूमा आवाज उठाउँदै निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउँदै, आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन आवश्यक तयारी गरिने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय