नविना श्रेष्ठ
कात्तिक २४,२०८०
जाजरकोट भूकम्पमा परि मानवीय र भौतिक क्षतिको उद्धारमा दिन रात उद्धार गर्न लागिरहेका छन् ,नेपाल स्काउट टोली। भूकम्पमा परि पुरिएका गर-गहना, लत्ता कपडा, पैसा, चामल, ग्यास चुलो, खाद्यान्न, मोबाइल लगायत सामानहरू निकाली स्काउटले पीडित परिवारका सदस्यहरूलाई जिम्मा लगाएको छ।
दुखको बेलामा गरेको यो सहयोगको कामलाई जाजरकोटका स्थानीयहरूले नेपाल स्काउटलाई धन्यवाद दिएका छन्।नेपाल स्काउट टिमलाइ धेरै-धेरै धन्यवाद दिन चाहन्छु । एक स्थानीयले भनिन्, ‘भूकम्पले धेरै जन-धनको खर्च भएको थियो । पैसा पनि पुरिएको थियो । पैसा निकाल्न पनि स्काउटले सहयोग गर्यो । बिहानदेखि खटेर बाहाँहरूले पुरिएका मोबाइलहरु, सुन, लुगाफाटो सप्पै निकालिदिनु भएको छ । यसरी खटेर हामीलाई सहयोग गर्नुभएकोमा सबैलाई धन्यावाद दिन चाहन्छु ।’
जाजरकोट जिल्लाको रामीडाँडामा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भने बेला बेलामा अझैपनि भूकम्पको धक्का दिईरहेको छ।घाइते भई सङ्कटमा परेका परिवारको उद्धार र अन्य मानवीय सहयोगमा निरन्तर लागि पर्ने नेपाल स्काउटले जनाएको छ ।नेपाल स्काउट संगै सशस्त्र प्रहरीहरूले पनि भूकम्प पिडितको उद्धार सहयोगमा लागि रहेका छन्।







