बूढानीलकण्ठ / बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ गाम्चा अवस्थित जैविक कृषि सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारणसभा आगामी २०८१ असोज १२ गते शनिबार गर्ने भएको छ। साधारणसभा बूढानीलकण्ठ वडा नम्बर १३ गाम्चास्थित जन उद्धार माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान १० बजे आयोजना हुनेछ।
सहकारीले कृषिलाई प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस क्रममा मलहरू सहुलियत दरमा उपलब्ध गराउनुका साथै, विभिन्न कृषि औजारहरू अनुदानमा सदस्यहरूलाई वितरण गर्ने र धानका बीउहरू उपलब्ध गराउने जस्ता कार्यहरूलाई प्राथमिकतामा राख्दै आएको छ। सहकारीले स्थानीय कृषकहरूलाई कृषि प्रणालीमा सहभागी गराउन उल्लेखनीय योगदान पुर्याएको छ साथै स्थानिय, प्रदेश, केन्द्र सरकारसङ समन्वय समेत गरेर संस्थाको सदस्यहरुलाई सेवा प्रदान गरिएको कारण यसलाई सफल सहकारीमध्ये एक मानिएको छ।
साधारणसभामा स्थानीय किसान, सहकारीका सदस्यहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। संस्थाले आगामी दिनमा पनि कृषिलाई अझै सशक्त बनाउन विभिन्न योजनाहरू सार्वजनिक गर्ने योजना बनाएको छ।







