नेपालीहरुको ठूला र महान चाड दशैं-तिहार नजिकिँदै गर्दा नेपाली फिल्म उद्योगमा पनि उत्साहको रौनक बढेको छ। प्राय महान चाडपर्वहरुमा लामो बिदा हुने र नेपाली दर्शकहरुमा पनि फेस्तिभल मुड हुनेहुँदा चलचित्र निर्माताहरू विशेषत यस्ता दिनहरूमा आफ्नो चलचित्रहरू प्रदर्शनमा ल्याउन कम्मर कसेर लाग्दछन् त्यसकारण पनि अहिले महान चाडलाई लक्षित गरेर नै नेपाली चलचित्रका गीत, टिजर, र ट्रेलरहरू सार्वजनिक भइरहेका छन्, जसले सिनेमा प्रेमी दर्शकहरूलाई आकर्षित गर्दै लगेको छ। यही लहरमा, असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’ले पनि आफ्नो पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक गरेको छ, जुन छोटो समयमै दर्शकहरू माझ चर्चाको विषय बनेको छ।

वर्तमान समयमा चलचित्र कतिको सफल हुने हो र चलचित्रको सफलताको मापक सामाजिक सञ्जाल फेसबुक युट्युब लगायतका सञ्जालहरू को प्रयोग मापक मानिन्छ अहिले ट्रेन्डको रूपमा विकास नै भएको मान्न सकिन्छ। अहिलेसम्म चलचित्र ज्वाईंसापको कसम बत्तीको गीत सार्वजनिक भएको केही दिनमा नै  युट्युबमा १० लाख भ्यूज पार गरेको यो गीतलाई धेरैले मन पराएका छन्। गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको गायकीलाई दर्शकहरूले निकै रुचाएका छन् भने अभिनेत्री नीति शाहको सुन्दरताको प्रशंसा पनि उत्तिकै भएको छ। कमेन्टहरूमा दर्शकहरूले गीतको मिठासको विशेष तारिफ गरेका छन्, र यसका कारण थुप्रै टिकटक र रिल्स बनिसकेका छन्, जसले गीतलाई थप लोकप्रियता दिलाएको छ।

गीतले पाएको यस चाँडो सफलता र हाइपप्रति फिल्मका निर्देशक बसन्त निरौला खुसी छन्। ‘कसम बत्तीको’को लोकप्रियतासँगै फिल्मको माग विदेशमा समेत बढेको बताउँदै उनले पोस्टर र टिजरले बनाएको हाइपलाई गीतले झन् थप उचाइमा पुर्‍याएको उल्लेख गरे। उनका अनुसार, फिल्मको रोचक कथावस्तुले दशैंको माहोलमा दर्शकलाई नयाँ र मनोरञ्जनात्मक अनुभव दिनेछ। चलचित्रको पोस्टर सार्वजनिक लगायत अहिलेसम्म गीत सार्वजनिक भइसक्दा चलचित्र फेस्टिभ मुडलाई निर्माण गरिएको हो कि भन्ने आकलन पनि गरिन्छ भने चलचित्र हाँस्यप्रधानमा आधारित भएकोले पनि अहिले सामाजिक सञ्जाल मा समेत राम्रो प्रतिक्रिया पाउँदा निर्माता खुसी भएका छन्।

चलचित्र ज्वाईं साहबमा अभिनेत्री नीति शाह र अभिनेता जितु नेपालको जोडी पनि दर्शकहरूको चासोको केन्द्र र कथावस्तु कस्तो हुने हो भने खुल्दुली रहेको दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन्। अहिलेसम्म चलचित्रको पोस्टर टिजर र गीत सार्वजनिक भइसक्दा ‘ज्वाइँ साब’को कथावस्तु विवाहपछिको अनौठो विषयवस्तुमा आधारित छ, जहाँ बेहुला बेहुलीको घरमा बस्न आउँछ, जुन विषयले फिल्मलाई थप रोचक बनाएको छ।

https://youtu.be/OAhjF-iyp5U

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय