पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको एक माइक्रोबस फेला परेको छ, जसलाई चितवनबाट आएको बस बताइएको छ। यद्यपि, माइक्रोबसको नम्बर अझै खुल्न सकेको छैन। यस दुर्घटनाबाट तीन जनाको शव निकालिएको छ।

नेपाल सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीले पहिरो खन्ने क्रममा उक्त माइक्रोबस फेला पारेका हुन्। यस अघि पहिरोले पुरिएको अवस्थामा गाडी भेटिएको थियो। शुक्रबार गोरखाबाट काठमाडौंका लागि प्रस्थान गरेको यात्रु बस र चितवनबाट काठमाडौंका लागि हिँडेको माइक्रोबस दुवै सम्पर्कविहीन भएको समाचार सार्वजनिक भएको थियो।

यसअघि, शनिबार बुटवलबाट आएको एक विंगर गाडी पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो, जसमा रहेका १४ जनाको शव पहिरोबाट निकालिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय