टर्कीमा भुकम्पबाट ठुलो घनजनको क्षति भएको छ । नेपालले पनि टर्कीको भूकम्प पीडितका लागि राहत सामग्री पठाउने भएको छ।सोमबार फरक फरक समयमा ७.८ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो।

सरकारले माघ २३ गते सोमबार टर्कीमा गएको विनाशकारी भूकम्पपछि टर्कीको राहत र पुन:स्थापनाको प्रयासमा ऐक्यवद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको थियोे ।परराष्ट्र मन्त्री माननीय डा. विमला राई पौड्यालले टर्कीका समकक्षी एचई श्री मेभलुत चाभुसोउलुसँग टेलिफोन वार्तामा अमूल्य जीवन र सम्पत्तिको क्षतिप्रति टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियोे ।

 

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार दिउँसो राहत सामग्री टर्की पठाइएको हो।औषधि,मेडिकल उपकरण,न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित २२ टन सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार टर्कीमा राहत सामग्री पठाइएको हो।

टर्कीमा भूकम्पबाट ३३ हजार बढि मानिसको मृत्यु भएको  र कयौं अझैं बेपता रहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय