तरलता ब्यवस्थापन कोष बनाउदै सहकारी बैंक ।सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले तीन अर्वको तरलता व्यवस्थापन कोष  स्थापना गरेका छ ।

सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बेडकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि
कोष स्थापना गर्ने निर्णय गरेको बैकका अध्यक्षकेवी उप्रेतीले जानकारी दिनुभयो ।

सहकारीलाई सङ्कटबाट जोगाउन सञ्चालक रामहरि बजगाईकोसंयोजकत्वमा बैकका सातवटै प्रदेशका संयोजक र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदलसमेत गठन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय