सरकारले तिहारमा चिनी अभाव हुन नदिनको लागि सम्बन्धि निकायम निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशक लगायतसँग छलफलपछि उद्योगहरूबाट बजारमा चिनी आउने भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरूसँग अवैध ढंगले भित्रिएको तथा उद्योगहरूले बजारमा नपठाएको चिनी अनुगमन गर्ने विषयमा छलफल गरेका थिए।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनी अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका थिए।बजारमा कृत्रिम चिनी अभाव भएपछि आम जनताहरुको भान्सामा हुने चिनी अहिले बजारमा नहुदा मर्कामा छन ।







