काठमाडौँ, १ कात्तिक — प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरूको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ। बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका छन्।
बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, र महान्यायाधिवक्ता रमेश वडालको पनि उपस्थिति रहेको छ। छलफलको मुख्य विषय शान्ति प्रक्रियासँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको गठन रहेको बताइएको छ। यससँगै, गत भदौ १३ गते राष्ट्रपति द्वारा प्रमाणीकरण गरिएको ती आयोगहरूसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयकका विषयमा पनि बैठकमा चर्चा हुने अपेक्षा गरिएको छ।
बैठकले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।







