शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा चुनौती रहेको सार्वजनिक रुपमा भनेका छन् भने गृहमन्त्री रमेश लेखकले त्रिबीमा असुरक्षा नभएको बताएका छन् यसरी देशका मन्त्रीहरूबाट नै यस्तो प्रतिक्रिया पाइसकेपछि देशको नै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमाको वास्तविक अवस्था कस्तो रहेको पनि देशभरि यस विषयले चर्चा पाएको छ।
यता स्ववियु विद्यार्थी संगठनले त्रिवीमा भनेको जस्तो सुरक्षा चुनौती कसबाट भएको भने विज्ञप्ति नै निकालिसकेको अवस्था छ। जहाँ विज्ञप्तिमा यस्तो विषयहरु उल्लेख गरिएको छ।स्ववियु विद्यार्थी साझा तथा आधिकारिक संस्था स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस त्रिवि कीर्तिपुर समितिले विश्वविद्यालयको सिस्टम सुधारका लागि लामो समयदेखि वकालत गर्दै आएको कुरा स्वायत निकायमा कुनै पनि प्रकारको दबाब प्रभाव रहनु हुँदैन र सबै पदाधिकारी प्राध्यापक विद्यार्थी तथा कर्मचारी सुरक्षित रही निर्वात रुपमा शैक्षिक गतिविधिमा लाग्न पाउनु पर्दछ भन्ने मान्यतालाई ध्यानमा राखी गतिविधि गरिरहेको सबैलाई महसुस गर्नुभएको छ। तर पछिल्लो केही दिन यता विश्वविद्यालयका पदाधिकारीले असुरक्षा भएका कारण विश्वविद्यालयमा उपस्थित हुन नसकेको भनी समाचार सम्प्रेषण भइरहेको भने गम्भीर ध्यानाकर्षण भएको पनि ध्यानाकर्षण पत्र उल्लेख गरिएको छ ।
पदाधिकारी उपस्थित नभएको र उक्त असुरक्षामा विद्यार्थीले सिर्जना गरेको भन्ने भ्रम निर्माण साथै सोबिले प्रश्न गरेको छ कि कसले कहाँ कुन माध्यमबाट कहिले कसलाई कुन प्रकारको धम्की दिएको भन्ने स्पष्ट नपारी विद्यार्थी राजनीति र आन्दोलनमा भएका हालसम्मको उपलब्धिलाई अवमूल्यन हुने गरी विश्वविद्यालयका पदाधिकारीहरूको गैरजिम्मेवारी अभिव्यक्ति र मिडियाबाजीले लज्जित तुल्याएको भनी यस विषयप्रति कठोर बनेको भान हुन्छ।
स्ववियुबाट निकालिएको विज्ञप्ति:








