यस वर्षको चाडपर्वको अवसरमा करिब १५ देखि १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा ५ लाखले बढी हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम अनुकूल रहेमा १८ लाखसम्म सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताउनुभएको छ। उहाँका अनुसार, अघिल्लो वर्ष करिब १३ लाख मानिस चाडपर्वको लागि उपत्यका छोडेका थिए। प्रवक्ता खड्काले भन्नुभयो, “यदि यसपटक दशैंमा वर्षा भएन भने, गत वर्षको तुलनामा ५ लाखले बढी मानिसहरू उपत्यका छोड्ने अनुमान गरिएको छ।”

साथै, चाडपर्वको समयमा यात्रुहरूको अत्यधिक चापका कारण दुर्घटना हुने सम्भावना बढ्न सक्ने भएकाले सो विषयमा सम्बन्धित सरोकारवालाहरूको छलफल चलिरहेको खड्काले जानकारी दिनुभयो। उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “सडकहरूको असल अवस्था नहुनु, सवारी साधनहरूको बढी चाप, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, हतारमा सवारी साधन चलाउनु, र बिग्रिएका सवारी साधन पनि सञ्चालन गर्नुजस्ता कारणहरूले चाडपर्वमा दुर्घटनाको जोखिम बढाएको छ। यसलाई न्यूनिकरण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक छलफलहरू गरिंदैछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय