दशै मनाउन गाउँघर गएकाहरु काठमाडौ फर्किए सङ्गै चहलपहल बढेको छ।
नेपालीहरूको महानपर्व विजयादशमी मध्यतिर आइसकदा काठमाडौंबाट आफ्नो गाउँघर गएका मानिसहरु धमाधम काठमाडौँ फर्किन थालेका छन्।
केही दिन अघि सुनसान प्राय देखिएको काठमाडौमा फेरि चहलपहल बढेको देखिन्छ ।
नेपालीहरुको महानपर्व दशैका लागि आ-आफ्नो घर र मान्यजनको हातबाट टीका लगाउन गाउँ घरमा जादा प्राय ब्यस्त रहने कलन्की, बानेश्वर र न्युरोड लगायत ठाउँहरुमा अहिले आफ्नो कर्मठलो बनाएका मानिसहरु फर्किएपछि चहलपहल देखिएको हो ।
बडादशैको दिन शनिबार फुलपाटी देखि महाअष्टमी,महानवमी र पुर्णिमाका दिन सम्म आफ्ना मान्यजनहरु बाट टीका थापी आर्शिबाद लिने गरिन्छ ।







