मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा घारी भित्र मृत अवस्थामा फेला परेका दुईजना नाबालिकाका छोरीहरूको हत्या उनकी आमाले गरेको स्वीकार गरेकी छिन्। निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति र पत्नीबीच विवादपछि अस्मिता नामकी आमाले दुई नाबालिका छोरीलाई लिएर बेपत्ता भएकी थिइन्।

अस्मिताले प्रहरीको बयानमा बताइन्, “मैले सुरुमा विष पिएँ र छाती पोल्न थाल्यो। म मरे भने छोरीहरू जंगलमै हुने भए मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ।”

पुलिसले बुधबार बिहान झापाबाट अस्वस्थ अवस्थामा अस्मितालाई पक्राउ गर्न सफल भएको थियो। उनलाई आज सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय