दुई पाङ्ग्रे सवारी साधन नविकरणमा छुट दिने बागमती प्रदेश सरकारको निर्णय गरेको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको बजेटमा ‘विगतमा सवारी धनीले समयमा दाखिला गर्न नसकेको मोटरसाइकल, स्कुटर एवं अन्य दुई पांग्रे सवारी साधनको सवारी साधन कर सम्वत २०७९ फागुन मसान्त सम्म दाखिला गरेमा जरिवाना छुट हुने व्यवस्था मिलाएको छु ।’ भनेका थिए ।
गत वर्षको बजेट वक्तव्यमा पनि आर्थिक वर्ष २०६५/०६६ देखि नै कर दाखिला र नवीकरण नगरेका सवारीधनीलाई बागमती प्रदेश सरकारले जरिवानामा छुटको व्यवस्था गरेको थियो । यो वर्ष त्यसैलाई निरन्तरता दिदै थप अवधि सम्मका लागि छुटको व्यवस्था गरेको हो ।
प्रदेश सरकारले प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी साधनको आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारीधनीले यो वर्षको फागुन मसान्तसम्म सवारी साधन करमा जरिवाना छुट गरेको हो ।
यस अनुसार आर्थिक वर्ष २०७४/०७५ भन्दा पहिले र २०६५/०६६ यता दर्ता वा नवीकरण नगरेका दुई पांग्रे सवारी साधनलाई विशेष छुटको व्यवस्था हुनेछ ।तपाईको मोटरसाइकल वा स्कुटर बागमती प्रदेशमा दर्ता भएको छ र लामो समय सम्म कर तिर्ने वा नवीकरण गर्ने गर्नुभएको छैन भने प्रदेश सरकारले छुटको व्यवस्था गरेको छ ।







