नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ । उनले विभिन्न ठाउँमा पुर्वराजाको साथमा राजपरिवार सहित भब्य कार्यक्रम आयोजना गरेको थियोे ।
प्रसाईँले पार्टीको सिद्धान्त विपरीतका काम गरेको भन्दै एमाले प्रदेश १ कमिटीले उनलाई निष्काशनको लागि सिफारिस गरेको हो ।
मेडिकल व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य प्रसाईँले गत फागुन १ मा पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारको सहभागितामा झापाबाट ‘नागरिक बचाउ महाअभियान’ सुरुवात गरेसँगै उनी विवादमा तानिएका हुन्







