काठमाडौं – व्यवसायी दुर्गा प्रसाईँलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। उनलाई केही दिन अघि प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि साइबर ब्युरोले नियन्त्रणमा लिएको हो। प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो, जसमा सामाजिक सञ्जाल तथा अन्य डिजिटल मञ्चहरूमा गलत सूचना फैलाएको र आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको थियोे ।
प्रसाईँलाई पक्राउ गर्न जाँदा उनका समर्थकहरूले अवरोध सृजना गरेका थिए, जसका कारण प्रहरीले केही समर्थकलाई धरपकड गर्नुपरेको थियो। घटनास्थलमा समर्थकहरूले प्रहरीको काममा बाधा पुर्याउँदै प्रदर्शन गरेका थिए। यस क्रममा केही समर्थकलाई नियन्त्रणमा लिइएको थियोे ।
प्रसाईँविरुद्ध लागेको आरोपहरूको अनुसन्धानका लागि उनलाई हिरासतमा राख्नुपर्ने भन्दै अदालतबाट ३ दिनको म्याद लिएको हो। अनुसन्धान जारी रहेको र आवश्यक भए हिरासत समय थप समेत हुन सक्ने प्रहरी श्रोतले जानकारी दिएको छ।







