काठमाडौँबाट स्याप्रुबेसी उडेको एयर डाइनेस्टिकको हेलिकप्टर शिवपुरी गाउँपालिका ७ अवस्थित सूर्यचौर भन्ने ठाउँमा उक्त दुर्घटना भएको हो।
हाल प्राप्त सूचना अनुसार उक्त दुर्घटना डाडामा ठोकिएर भएको हो हेलिकप्टरमा चारजना चिनिया नागरिक रहेको समेत जानकारी प्राप्त भएको छ। उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारी अनुसार उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।
हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर १४ मिनेटमा उडेको थियो केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीका अनुसार उक्त जहाजमा पाइलट सहित चार जना चिनिया नागरिक रहेको जानकारी दिएको छ भने उक्त दुर्घटनास्थलतिर उद्धारका लागि उद्धारकाटोली पनि जाँदै गरेको भनी बताएका छन्।







