काठमाडौ / संसद सदस्य मेटमणी चौधरीको भारतको पक्षमा दिएको विवादास्पद अभिव्यक्ति अहिले चर्चाको शिखरमा छ। एक टिभीमा दिएको पत्रकार ऋषि धमलाले घुमाउरो शैलीमा प्रश्न सोध्दा चौधरीले लिपुलेक र कालापानी क्षेत्र भारतकै भएको हो भन्दा उनी विवाद तानिएका हुन , जसले व्यापक आलोचना निम्त्याएको छ। नेपालले आफ्नो चुच्चे नक्सामा लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागलाई समेट्दै भारतले कब्जा गरेको जमिनको रूपमा दाबी गर्दै आएको छ, तर चौधरीको भनाइ यसको ठिक विपरीत थियो।
चौधरीको यस अभिव्यक्तिलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले कडा प्रतिक्रिया जनाउँदै तीन दिन भित्र लिखित स्पष्टीकरण दिन भनेका छन्। भुसालले चौधरीलाई सोधेका छन्, “नेपालको संविधान र सर्वसम्मत रूपमा पारित नक्सामा समावेश गरिएको भूभाग नेपालको हो भन्ने स्पष्ट भएको सन्दर्भमा तपाईँले मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध किन बोल्नु भएको हो?”
अनन्त मेटमणि चौधरीले अब लिखित जवाफ आफनै पार्टीलाई कसरी दिने हो केही दिन भित्र जानकारी पाउनेछौ ।







