काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२४’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन्।

यो शो १६ भदौसम्म सञ्चालन हुनेछ, र यसमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शित गरिनेछन्। ६ दिनको यो प्रदर्शनीमा ७५ हजारभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ।

शोमा २४ चार-पाङ्ग्रे ब्रान्ड, १९ दुई-पाङ्ग्रे ब्रान्ड, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रस्तुत गरिनेछन्। साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण, र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शनी गर्नेछन्। ७ वित्तीय संस्थाले वित्तीय समाधानहरू प्रदान गर्नेछन्। समग्रमा ९५ प्रदर्शकहरूले १३० स्टलमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्।

बजारमा विद्युतिय सवारीको माग धेरै भएपछि यो बर्ष, नाडाले विद्युतीय सवारी साधनहरूमा विशेष जोड दिएको जानकारी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय