चितवन, नारायणगढ-मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका-६ को नौकिलो खण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। आइतबार सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार, सडक छेउमा लगाइएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो। सडकको एक फिटजति भाग दबेकाले हाल एकतर्फी मात्र यातायात सञ्चालन गरिएको छ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी मर्मत कार्य सुरु भइसकेको बताइएको छ। यस क्षेत्रमा पूर्णरूपमा यातायात सञ्चालनमा ल्याउन मर्मत कार्य तीव्रगतिमा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय