निकोला टेस्लाको जन्म सन १८५६ जुलाई १० मा क्रोसियाको स्मिलजानहाल सर्वियामा भएको थियो । उनको पिता मिलुटिन टेस्ला कट्टर  धर्मगुरु थिए । उनको आमाको नाम जुका म्यान्डिक हो । उनी बुवा आमाका चौथो सन्तान थिए । उनले प्रारम्भिक शिक्षा स्मिलजानकै एक प्राथमिक विद्यालयमा शुरु गरेका थिए । त्यहाँ उनले गणित र धर्मशाश्त्र पढे । १५६२ मा टेस्ला परिवार गोस्पिक भन्ने ठाउँमा बसाई स¥यो । त्यहाँ टेस्लाका पिता पादरी काम गर्दथे । त्यहीँ उनी एक जिम्नेजियम विद्यालय भर्ना भए र आफ्नो  प्राथमिक शिक्षा पुरा गरे । ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं टेस्ला सानै उमेर देखि तीक्ष्ण बुद्धिका थिए । एक पटक स्कूलमा इन्टिग्रल क्याल्कुलशको एउटा समस्या हल गर्दा शिक्षकले ‘चोरेर गरेको’ आरोपसमेत लगाएका थिए ।

१८७३ मा टेस्ला केही समयका लागि गृहनगर स्मिलजान फर्किए । त्यहाँ उनलाई हैजाको आक्रान्त पा¥यो । नौ महिनासम्म उनी ओछ्यान परे । उनी बल्लतल्ल मृत्युको मुखबाट उम्कन सफल भए । बिरामीबाट तंग्रिएपछि १८७५ मा उनी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रिया   गए । त्यहाँको ग्रेजस्थित पोलिटेक्निक इन्स्टिच्युटमा मेकानिकल र विधुतिय इन्जिनियरिङ्गको अध्ययन गरे । पारिवारिक समस्याका कारण उनले १८७८ मा पढाइ बीचमै छोड्नुप¥यो । १८७९ मा पिताको निधनपछि टेस्ला गोस्पिक फर्किए । त्यहाँ पहिले आफू पढेको विद्यालयमा केही समय पढाए । पछि १८८१ मा उनी हँगेरीको बुढापेस्ट गएर त्यहाँको केन्द्रीय टेलिफोन एक्सचेन्ज अफिसमा काम गर्न थाले । त्यहाँ काम गर्दै गर्दा उनको दिमागमा चुम्बकीय क्षेत्रको परिभ्रमण सम्वन्धी बिल्कुलै नयाँ आइडिया फु¥यो । त्यो आइडियालाई मूर्तरूप दिन उनले अमेरिका जाने निर्णय गरे ।२८ वर्षको उमेरमा टेस्ला १८८४ मा न्युयोर्क पुगे…….क्रमश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय