निरन्तर बर्षाको कारण काठमाडौको प्रमुख नदिको बहाव बढ्यो ।काठमाडौँमा हिजो परेको लगातारको झरीका कारण यहाका प्र्मुख नदिहरुमा नदिको बहाव बढेको छ ।यहाका नदिहरु बागमती, विष्णुमती लगाएतका नदीमा पानीको बहाव उल्लेख्य बढेको छ। बहाव बढेसँगै भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ।
मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। विशेषगरी सुकमबासी वस्तीमा पानी पसेको हो। त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ।
काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ। प्रहरीले खहरेमाथि राडारबाट २ जना पुरुषको उद्धार गरेको जनाएको छ।हरहर महादेव नजिकैको गाइगोठमा केही मानिसहरुको अलपत्र रहेको प्रहरीले बताएका छन भने उनीहरूको उद्धारका लागि प्रहरी टोली परिचालन भएको छ।







