नेकपा (एमाले) बूढानीलकण्ठले सर्वोच्च अदालतद्वारा गरिएको नदि एवम् खोलानाला किनाराबाट थप २० मिटर छोड्नु भन्ने निर्णयलाई पुनरावलोकन गर्न माग गर्दै गरेको हस्ताक्षर अभियानको सामाग्री नगर प्रमुखलाई बुझाउने कार्यक्रम सम्पन्न भएको छ।
नेकपा (एमाले) बूढानीलकण्ठका अध्यक्ष प्रदिप डंगोल र सचिव श्री कृष्ण श्रेष्ठको नेतृत्वमा नगरपालिकाका १३ वटै वडा पार्टी कमिटीले संकलन गरेको हस्ताक्षर सहितका सामग्री बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीलाई हस्तान्तरण गरिएको छ भने उक्त सामग्री नगरप्रमुख मार्फत प्रधानमन्त्रीलाई बुझाइने छ ।
उक्त हस्ताक्षर सामग्री हस्तान्तरण कार्यक्रममा नगर सचिव श्रीकृष्ण श्रेष्ठले भने, “नागरिकहरूको बासस्थान उजाडेर विकास सम्भव हुँदैन। सरकारले जनताको भोगचलनलाई सम्मान गर्दै उनीहरूको सुरक्षाको लागि सन्तुलित निर्णय गर्नुपर्ने हो। यो अभियान नागरिकको हक अधिकारको रक्षा र न्यायपूर्ण निर्णयको लागि गरिएको छ, हामी यो कुरामा कुनै सम्झौता गर्न सक्दैनौं।” यसका साथै यो कार्यक्रम ४ दिन आयोजना भएको थियोे भने बूढानीलकण्ठ नगरपालिकाका विभिन्न चोकचोकमा हस्ताक्षर संकलन गरिएको थियो।







