असोज १० काठमाडौ/बागमती अन्लाईन खबर

नेकपा एस पार्टीले काठमाडौ क्षेत्र नम्बर ४ को यहि असोज ९ गते एक गोप्य तथा अनौपचारिक क्षेत्रिय स्तरको अगुवा कार्यकर्ता भेला आयोजना गरेको विशेष श्रोत बात जानकारी प्राप्त भएको हो। उक्त भएको कार्यक्रमले क्षेत्र नम्बर ४ मा प्रभाबशाली ब्यक्तिहरुलाइ जिम्मेवारी प्रदान गर्न तथा काठमाडौ जिल्ला,महानगर तथा क्षेत्रमा समेत सदस्यहरुको नामहरु प्रस्ताव गर्न कार्यक्रम आयोजना भएको थियोे ।

उक्त भएको अगुवा कार्यकता भेला बाट क्षेत्र नम्बर ४ को संयोजक धुर्बराज न्यौपाने सह-संयोजक ललितमान श्रेष्ठ,सचिब ,पुरुषोत्तम नेपाल लगभग निश्चित भएको हो भने उपसचिवमा बद्री तामाङ, लक्ष्मण खड्का,राजेन्द्र थापा, कृष्णहरि खड्का बासुदेब थापा ,सुर्यनारायण झा, कमल पुर्कुटी,लड्डु खडका नुपेन्द्र थापा तथा सुलभ कार्कीको नाम भेलामा प्रस्ताव गरिएको हो।

त्यसैगरि उक्त भेलाबाट काठमाडौ महानगर वडा कमिटी सदस्यहरुको नाम प्रस्ताव तथा बुढानिलकण्ठ नगरपालिका नगरकमिटीमा अध्यक्ष हरिराम ढुंगाना तथा सचिबमा प्रमोद ढकालको नाम निश्चित भएको हो। हिजो भएको भेलाले अब काठमाडौ क्षेत्र नम्बर ४ समाजवादीमय बनाउदै लाने लगायतका बिषयमा व्यापक छ्लपल भएको  हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय