काठमाडौं, माघ २२ / नेकपा एकीकृत समाजवादीले काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ कमिटीले टोलकमिटी संगठन विस्तार गरेको छ।नेकपा एकृकित समाजवादी वडा नम्बर ७ कमिटीले आज विभिन्न टोलकमिटी गठन गर्ने क्रममा बाँकोट,शान्तिगोरेटो र गोपीकृष्णनगर टोल कमिटी गठन गरेको हो।
उक्त संगठन बिस्तारित भेलामा ७ वडा पार्टी कमिटीका सदस्य अमित श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने ७ वडा पार्टी कमिटीका सचिब मुकुन्द अधिकारीले कार्यक्रम संचालन गरेको थिए । उक्त कमिटि बिस्तार कार्यक्रममा ७ वडा उपसचिव अरुण पोख्रेल र सदस्य संगिता नेपालको पनि उपस्थिति रहेको थियो ।बिस्तारित टोलकमिटीका अध्यक्षले आफ्नो मन्तव्य राख्दै कलम चिन्हमा मतदान गर्न आह्वान समेत गरेका थिए भने टोल लगायत अन्य ठाउँमा कुनै समस्या परेको खण्डमा आफू हरदम सहयोग गर्न तयार रहेको भनी आफ्नो मन्तव्य राखेका थिए ।
काठमाडौ महानगरपालिका वडा नेकपा एकीकृत समाजवादीका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको संगठन बिस्तार कार्यक्रम बाट सनद श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष , अष्ट श्रेष्ठ सचिब, उपसचिव मधु पोख्रेल र सपना डंगोल सहित २७ सदस्यीय टोलकमिटी गठन गरेको हो।नेकपा (एकृकित समाजवादी ) काठमाण्डौ जिल्ला कमिटिका सचिवालय सदस्य एवं काठमाडौं महानगरपालिका ७ वडा समिति अध्यक्ष शुद्धकुमार डंगोलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् ७ वडा समिति सदस्यहरु कृष्णप्रसाद घिमिरे र निर्मला पुडासैनी,जिल्ला सदस्य मिलन खरेल, क्षेत्रिय समन्वय कमिटी क्षेत्र नम्बर ४ का उपसचिव सन्तोष तिमिल्सिनाको उपस्थितिमा कार्यक्रम भब्य समापन गरिएको थियो ।







