नेकपा एकीकृत समाजवादी तारकेस्वर नगरपालिकामा तारकेस्वर नगरकमिटीको नगर स्तरिय कार्यक्रम तथा भेला एवम् प्रशिक्षण कार्यक्रममा पुर्व प्रधानमन्त्री एवंम नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजना हुनेभएको छ ।
कार्यक्रम यहि पौष महिनाको २७ गते शुक्रबार हुन लागेको भने कार्यक्रम तारकेस्वर मल्टी भेन्यु लामबगरमा ११:३० बजे सुरुवात हुनेछ ।
नगरस्तरिय आयोजना भएको सो कार्यक्रमको आयोजना नेकपा एकीकृत समाजवादी तारकेस्वर नगरकमिटीद्वारा आयोजना हुन लागेको भनी नगरकमिटीका अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिएको हो ।
कार्यक्रममा अतिथीको रुपमा पार्टी उपमहासचिव एव बागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधर, पोलिटब्युरो सदस्य एवं काठमाडौ जिल्ला इन्चार्ज वसन्त मानन्धरको साथमा पोलिटब्युरो सदस्य एव नुवाकोट जिल्ला इन्चार्ज राजेन्द्र लोहनीको समेत उपस्थितिमा उक्त भेला एवम् प्रशिक्षण कार्यक्रम आयोजना हुनेछ।







