नेकपा (एकीकृत समाजवादी) ले असोज ४ गते राजधानीमा गर्न लागेको विशाल सन्देश सभाको तयारी बैठक सम्पन्न भएको छ।
नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीको आह्वानमा पार्टी केन्द्रीय कार्यालयमा बैठक सम्पन्न भएको हो। आइतबार सम्पन्न बैठकको अध्यक्षता पार्टीका केन्द्रीय सचिव तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले गर्नुभएको थियो।
कार्यक्रममा पार्टी उपाध्यक्ष डा.गंगालाल तुलाधर, महासचिव घनश्याम भुसाललगायतका केन्द्रीय नेताहरुले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको अध्यक्ष भुसालले जानकारी दिनुभयो।
अध्यक्ष भुसालकाअनुसार पार्टीको केन्द्रीय आयोग, केन्द्रीय विभाग र पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा पतिनिधिहरुबीच सन्देश सभाका सन्दर्भमा छलफल भएको छ।
उक्त सन्देश सभामा पाँच हजार मानिसहरुको उपस्थिति हुने आयोजकले जानकारी दिएको छ। पार्टीका विभिन्न जनवर्गीय संगठनसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ।







