वैशाख २०७९ । नेकपा एकीकृत समाजवादीले गठबंधन मार्फत आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने भएको छ भने काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको छ ।
नेकपा एकीकृत समाजवादीले उपमहानगरपालिकामा भने हेटौंडा उपमहानरपालिकामा मेयरका रुपमा मीना लामा, इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानाको नाम टुंगो लगाएको एकीकृत समाजवादीको विशेष श्रोतले जानकारी दिएको छ ।







