नेपाली काङ्ग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ।यहि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचनलाई केन्द्रित गरि सत्तारूढ दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।
आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम आज २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







