काठमाडौँ, असोज — नेपाली सुन बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेर १ लाख ६७ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ५५ हजार ६०० रुपैयाँ तोलामा रहेको थियो।

त्यसैगरी, १० ग्राम सुनको मूल्य पनि बढेर १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सुनको मूल्यमा आएको यो उछालले बजारलाई थप तातेको छ ।सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार १ हजार ८८० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँमा पुगेको हो।

बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारको उतार-चढाव र देशभित्रको मागमा आएको परिवर्तनले सुनचाँदीको मूल्यमा यसरी प्रभाव पारिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय