अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका आवेदकहरुमध्ये ‘सर्ट लिस्ट’ भएका तीन जनालाई असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा अन्तरवार्ताका लागि बोलाइएको छ। ‘सर्ट लिस्टेड’ उम्मेद्वारहरुमा कृष्ण बहादुर कार्की चिरञ्जिवी चापागाई र नवराज अधिकारी समावेश छन्।

धितोपत्र बजारको नियमन र व्यवस्थापनका लागि महत्त्वपूर्ण निकाय नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि अध्यक्षको पद खाली थियो। नयाँ अध्यक्ष नियुक्तिको तयारीसँगै बोर्डको नेतृत्वमा नयाँ योजनाहरु अघि बढ्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्रालयले चुनेका यी तीन उम्मेदवारमध्ये एकजनालाई अन्तिम रुपमा नियुक्त गर्ने प्रक्रिया चाँडै नै टुंगो लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय