नेपाल प्रहरीले ३२० प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि आवेदन खुलाएको छ ।
नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदका लागि ३२० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभाग अन्तर्गतको वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले समावेशी आधारमा आवेदन आह्वान गरेको हो।
यस भर्ना प्रक्रियामा ६४ जना प्रहरी निरीक्षक र २५६ जना सहायक निरीक्षकको माग गरिएको छ। इच्छुक उम्मेदवारहरूले विज्ञापनमा उल्लेखित मापदण्ड पूरा गरी आवेदन दिनसक्नेछन्।
आवेदन दिनका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा गएर विस्तृत विवरण हेर्न र फर्म भरिदिन सकिन्छ ।







