मिति २०८०/११/११ काभ्रे जिल्लामा विदेशबाट ज्ञान शिप र पूँजी लिएर फर्किएका युवाहरुको भेला काभ्रे जिल्ला कमिटी अध्यक्ष बशुन्धरा हुमागाईको अध्यक्षतामा नेपाल रिटर्नी एशसिएसन एशसिएसनका केन्द्रीय अध्यक्ष प्रविन पौडेलको प्रमुख आतिथ्य साथै विशेष अतिथिमा जिल्लाका नेताहरु गोकुल गौतम, यशु लामा, जगत शाह, पासाङ डोल्मा लामा, ध्रुव रायमाझी, पुरुषोत्तम पराजुली, राम प्रसाद पराजुली साथै एसोसिएसनका महासचिव क दिपेश सिंजाली मगरको उपस्थिति रहेको थियो ।

उक्त भेलाले क पुरुषोत्तम आचार्यको अध्यक्षतामा २१ सदस्यीय नेपाल रिटर्नी एशसिएसन काभ्रे जिल्ला कमिटी विस्तार गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एशोसियसनका अध्यक्ष पौडेलले हाम्रो देशका युवाहरु विदेशबाट फर्किए पछि उहाँहरुमा रहेको ज्ञान सीप र पूँजीलाई लगानी गर्नुहुन्छ उक्त पूँजी पुनः उठाउन नसकेकोले पुनः लगानी गर्न नसक्ने अवस्था श्रृजना हुन्छ र पुनः ऋणको भारी बोकी पुनः विदेशिनु पर्ने अहीले रिटर्नी हरुको मुख्य समस्या हो यसको सम्बोधनको लागि हाम्रो एशोसियसनले गर्ने छ त्यसैले रिटर्नीहरु सबै गोलबद्ध भएर अगाडि बढ्नुपर्ने आवशयकता छ यसरी गोलबन्द भएमा मात्र हाम्रो माग पुर हुन सक्छ त्यसैले अहीले हामी तीब्र रुपमा संगठन विस्तारमा लागेको बताउँदै नव निर्वाचित कमिटीलाई सपथ खुवाएका थिए।
त्यसै गरी नेकपा एकिकृत (समाजबादी) काभ्रे जिल्ला कमिटीका अध्यक्षले विदेशमा आर्जित रकम विप्रेषणले देशको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेर प्रतिकूल परिस्थितिमा समेत राज्यलाई सहयो गरिरहेका युवाहरुलाई पार्टीमा गोल बद्ध गर्दै आर्जित ज्ञान शिप पूँजी र लगनलाई उत्पादन सँग जोड्न सकार सँग जोडदार माग राख्दै पार्टीले पूर्ण रूपमा सहयोग गर्ने भन्दै नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय