नेवार समुदाय ले हरेक बर्ष मनाउने पर्ब गुँला पर्ब यस बर्ष पनि सोमबार बाट सुरु भएको छ । नेपाल सम्बत अनुसार मनाउने यो पर्ब मा बिभिन्न धा:बासुरी धिमे भजन किर्तन गर्दै एक महिना सम्म बिभिन्न मठ-मन्दिर गुम्बा परिक्रमा गर्ने प्रचलन रहि आएको पाइन्छ ।

नेपाल सम्बत अनुसार “गुँ”को अर्थ नवौ र “ला” को अर्थ महिना अर्थात नवौ महिना मा मनाउने पर्ब भएको ले यस्लाई “गुँला”पर्ब भनिएको समाज तथा सास्कृतिक संरक्षण अभियानकर्ता टिकेसनारायण श्रेष्ठले बताउनु भएको छ ।

चुनिखेलमा झिगु धा:खल टुपेकले यो बर्षयनि पर्ब मनाउदै आइरहेको भएको छ ।। पुरानो धर्म सस्कार सस्कृति जोगाउनु अहिले को यूवापुस्ता लाग्नु पर्ने धा : खल का गुरु श्याम श्रेष्ठले बताउनु भयो र अहिले समाजसेबी टिकेस श्रेष्ठ को संयोजनमा टुसालमा १५ जना यूवा भाई-बहिनीहरुलाई धा:प्रशिक्षण पनि भइरहेको गुरु श्याम श्रेष्ठ ले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय