नेष्डो समृद्धि लघुवित्तले आजबाट धितोपत्रको आईपीओ निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो । नेष्डो लघुबित्तले १२ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि र ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको हो ।
कम्पनीको आईपीओमा छिटोमा फागुन १५ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मक लागि आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्नसक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।







