शुक्रबार,असार १०
न्यायाधीश बनाईदिन फोन आउने गरेको कानूनमन्त्री द्वारा खुलासा गरेको छ कानून तथा संसदीय व्यवस्थामन्त्री गोबिन्द शर्मा कोइरालाले उक्त कुरा खुलासा गरेको हो । तर कोइरालाले अब खल्तीबाट न्यायाधीश नभन्ने बताउनुभएको छ अब गलत संस्कार र सोचमा परिवर्तन गर्नुपर्छ व्यक्तिलाई मात्र हेर्यो तर देशलाई हेरेनौ ।
राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा बिहीबार बाट सुरु भएको मानवअधिकार रक्षकको तेस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले “फलानो लाई न्यायाधीश बनाइ दिनुपर्यो” भनि फोन गर्न आउने गरेको बताउनुभएको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले पहुँच हुनेका लागि फरक न्याय र निरिहका लागि फरक न्यायको अवस्था रहेकोमा गुनासो गर्नुभयो।उहाँले ऎनमा लेखेर मात्र हुँदैन भन्दै मानव अधिकारहरू हनन हुन नदिन मानवअधिकार आयोगले खबरदारी गर्नुपर्ने समेत भनी आफ्नो कुरा व्यक्त गर्नुभएको थियो ।







