अन्जु पन्तको चर्चित गजल “न बिर्से तिमिलाइ न पाए तिमिलाइ” नयाँ भर्सनमा सार्वजनिक गर्ने भएको छ।अन्जु पन्तको उक्त गित नेपाली दर्शकहरुले धेरैले नै मन पराएको गित अन्तरगत पर्दछ।
अन्जु पन्तको सो गितलाइ पुर्न:रेकर्ड गराउन लागेको हो भने उक्त गितलाई अहिलेका चर्चित गायिका रचना रिमालको स्वरमा उक्त गितलाई ल्याउन लागिएको हो।अन्जु पन्तको सो गितले बास्तबमा नै उनलाई संगीत जगतमा अगाडि बढनको लागि कोसेढुङ्गा मान्नु पर्छ।गजललाई बिपिन किरणको रचना र संगीत भने महेश खड्काको हुनेछ ।







