नायक पल शाहले समीक्षा अधिकारीसँगको सम्बन्धलाई लिएर नयाँ खुलासा गरेका छन्। नेपाल टेलिभिजनको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छ” मा उनले समीक्षा अधिकारीसँग अहिले पनि कामको सिलसिलामा कुरा भइरहेको बताएका छन्। उनले भने, “काम परेको बेला बोलिन्छ, “हाइ हेल्लो” भइराख्छ। राम्रो काम भयो भने हामी फेरि काम गर्न सक्छौँ।”
पल र समीक्षाबीच पछिल्लो समय केही दूरी बढेको हल्ला चलेको भए पनि पलले समीक्षासँग पहिले नै काम गरेको र उनको स्वरको प्रशंसा गर्दै भविष्यमा पनि सहकार्यको सम्भावना खुला राखेका छन्।
समीक्षा अधिकारी र गायिका पूजा बीच केही समय अघि सामाजिक सञ्जालमा भएको घोचपेचले पनि चर्चा पाएको थियो। यस घटनापछि समीक्षाको चर्चा अझ बढी भएको थियो, तर पलले समीक्षासँगको आफ्नो सम्बन्धलाई व्यक्तिगतभन्दा बढी व्यावसायिक रूपमा सन्तुलित रूपमा प्रस्तुत गरेका छन्।
समीक्षा र पलबीचको सम्बन्धले फेरि नयाँ मोड लिने वा दुरी कायम रहने भन्ने विषयमा भने समयले मात्र खुलासा गर्नेछ।







