पवन खतिवडालाई प्रहरीले पक्राउ गरेको समाचार गलत भनी खण्डन गरे,सेतोपाटी र अन्लाईन खबरको समाचार सत्यतथ्य नगरेको भनी आक्रोश पोखे ।

कलाकार पवन खतिवडा लाई झगडा गरेको भन्दै प्रहरीले पक्राउ गर्‍यो भनी समाचार गलत रहेकोे भनी आफ्नो सामाजिक संजाल मार्फत स्पस्टिकरण दिएका छ्न।साथै उनले नाम चलेका सेतोपाटी र अन्लाईन खबर जस्ता न्युज पोर्ट्लले समेत सत्यतथ्य छानबिन नगरेको भनी आक्रोश पोखेका छन।

कलाकार खतिवडाले आफ्नो सामाजिक संजालमा यसरी लेखेका हुन।

मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए रे?? कस्ले दियो प्रमाण?? म घटना भाको स्थान मा भएको कारण प्रहरिले अनुसन्धान गर्न लगेको हो।। उनिहरु साथी साथी झगडा गरेका हुन।। के हो पत्रकारिता ?? रबिदाइ ले यसै भनेको हैन नि मान्छेको जीवन सङ्ग खेलवाड गर्ने?? यहाका Inspecter खगेन्द्र धमला लाई सोधे हुन्छ नसोधी जे मन लाग्छ त्यही लेखिदिने?? यो समाचारको आधार के हो??
मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि कसैमाथी हमला गरेको छैन।। झगडा बाट टाढै भाग्ने मान्छे लाई यस्तो अधारहिन समाचार राखेर बदनाम गर्ने??
टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै बलिको बोका??
स्वयम पिडित जीवन कार्किलाइ सोध्नुस बेलबारी प्रहरिलाइ सोध्नुस के हो वास्तविकता।। betana daily भन्ने page त यहि को स्थानिय हैन नबुझी अर्कालाइ बदनाम गर्ने??अनि Onlinekhabar, setopati जस्ता चलेका page को के पारा हो यो?? अरुले जे लेख्यो Copy paste?? कस्ले दियो समाचार मैले टाउको फुटाए भनेर??

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय